काठमाडौँ । मंसिर महिनाको प्रथम बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको दाबी गरेको छ ।
पछिल्लो समय निरन्तर एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमाशुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको दाबी गरेको हो ।
कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर अन्त्यसम्मको अवधिमा दुई अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत ‘नेपाल कै नं १’ अभियान सार्वजनिक गरी तथ्यपरक प्रमाणहरू प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन ग¥यो । जुन अभियान (क्याम्पियन)ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ । जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुस ६ गतेदेखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले अभियानमार्फत कम्पनीलाई यस उचाइसम्म पु-याउन सकिएको जानकारी दिए ।
हरेक सूचकको अब्बलतालाई कायम गर्दै नेपाल लाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रस्ट पार्दछ । आव २०७८/७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग एक सय १८ दशमलव ७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमा लेख जारी, ४० दशमलव पाँच अर्बको सर्वाधिक दाबीभुक्तानी, सात दशमलव १९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।
साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल साबित भएको कम्पनीले जनाएको छ ।