काठमाडौँ । तीनवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको दोस्रो कारोबार दिन सोमबार दुईवटा लघुवित्त र एउटा वाणिज्य बैंकले सेयर मूल्य समायोजन गरेका हुुन् ।
सोमध्ये विजय लघुुबित्त बित्तीय संस्थाले २० दशमलव शून्य तीन प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता १२ सय ७२ रुपैयाँ तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको १५ सय २७ रूपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी महिला लघुुवित्त वित्तीय संस्थाले पनि २६ प्रतिशत बोनस समायोजन गरी १५ सय दुई रुपैयाँ ३८ पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर मूल्य तोकेको छ । पछिल्लो पटक उक्त संंस्थाको १८ सय ९३ रुपैयाँ अन्तिम मूूल्यमा सेयर कारोबार भएको छ ।
यसैगरी नेपाल क्रेडिट एन्ड कर्मस बैंक (एनसीसी)ले पनि आठ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुुई सय ६३ रुपैयाँ ४३ पैसा तोकेको छ ।
पछिल्लो पटक उक्त बैंकको प्रतिकित्ता दुई सय ८४ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएको छ ।