काठमाडौं । नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरेको जानकारी दिएको छ ।
बैंकिङ क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । पाण्डे फिलो चार्टर्ड एकाउन्टेन्ट (एफसीए) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यही २०७८ साल पुस १६ गते सकिँदै छ । नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले आउँदो २०७८ साल माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ ।
हाल बैंकले एक सयवटा शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।