काठमाडौ । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन दुई दसमलव ६६ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुुधबार भने पाँच दसमलव ५१ अंकले उकालो लागेर २५ सय २४ दसमलव ५० बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २६ अंकले उकालो लागेर चार सय ७१ दसमलव २४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय २८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएकाछन ।
जसअन्र्तगत ४२ हजार पाँच सय १२ पटकको कारोवारमा ५६ लाख ३८ हजार दुई सय ७९ कित्ता सेयर किनबेच भएकाछन । जसबाट आज कुुल कारोवार रकम तीन अर्ब ६२ करोड ३४ लाख ८० हजार दुई सय ९२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये आठ वटा उपसमुहहरुको सुचक उकालो लागेकाछन भने पाँच वटा उपसमुहहरुको सुचक ओरालो लागेकाछन ।