काठमाडौं, माघ २१
डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमुुख कार्यकारी अधिकृतको पदमा शेषरमण आर्चाय नियुक्त भएका छन् । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई यही माघ २० गते अर्थात् सोमबार नै कार्यान्वयनमा आउनेगरी प्रमुुख कार्यकारीमा नियुक्त गरेको हो । यसअघि झण्डै ३० वर्ष विकास बैंकमा सेवा गरी उप महाप्रबन्धक पदबाट सेवानिवृत्त भएका आचार्यको कुुशल व्यवसथापकीय क्षमताले संस्थाले थप गति लिने विश्वास गरिएको छ । संस्थाले हाल ७१ जिल्लाका एक सय १९ वटा शाखा कार्यालयहरूमार्फत झण्डै दुुई लाख आठ हजार जना सदस्यहरूलाई लघुुवित्त सेवा उपलब्ध गराउँदै आएको छ ।