बेइजिङ । बेइजिङले कम्पनीहरुलाई विदेशमा सूचीकृत हुन कडाइ गरेको छ । पछिल्लो समय कम्पनीहरुलाई कडाइ गरिरहेको चीनले विदेशी सेयरबजारमा सूचीकृत हुन पाउने नियम अझै कसिलो बनाएको हो ।
दिदी छुसिङ कम्पनीले विवादका बीच न्युयोर्क स्टक एक्सचेन्जमा आईपीओ जारी गरेपछि चीनको नियामकीय निकाय कडा रुपमा प्रस्तुत भएको हो । नियामकीय निकायले अब अनुसन्धानलाई अझै फराकिलो बनाउने बताएको छ । यसअनुसार विदेशी लगानी प्रतिबन्धित गरिएका औद्योगिक क्षेत्रका कम्पनीहरुमाथि पनि निगरानी बढाइने भएको छ । यस्ता कम्पनीहरुलाई विदेशमा सूचीकृत हुन कडाइ गरिएको छ ।
कम्पनीका विदेशी लगानीकर्ताको कुल स्वामित्व केवल ३० प्रतिशत मात्रै हुनुपर्नेछ भने प्रतिव्यक्ति लगानी १० प्रतिशतभन्दा माथि हुनुहुने छैन । यो नियम जनवरीदेखि लागू हुने बताइएको छ ।