नयाँँ दिल्ली । भारतले विदेशबाट आउने यात्रुहरुका लागि नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन तीव्र रुपमा फैलिनथालेपछि भारतले यात्रुलाई भारत आएपछि कोरोना परीक्षण गर्नुपर्ने नियम बनाएको हो । परीक्षणपछि आउने रिपोर्टका आधारमा उनीहरुले घर जाने वा क्वारेन्टाइन बस्ने निक्र्योल हुनेछ । नवभारत टाइम्सका अनुसार यदि नेगेटिभ आयो भने मात्र घर जान पाइनेछ भने पोजिटिभ आए सरकारी वा पैसा तिरेर होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । पछिल्ला ३/४ दिनयता भारतमा संक्रमण बढेको छ । भारतमा साप्ताहिक पोजिटिभ आउने दर १० प्रतिशतभन्दा बढी रहेको छ । मिजोरम, पुणे, ठाणे, ब्यांग्लोर, चेन्नईजस्ता राज्य सहरमा कोरोना संक्रमण व्यापक मात्रामा बढेको छ ।