वासिङ्टन । विद्युतीय कार निर्माता टेस्लाले अमेरिकामा चार लाख ७५ हजार कारहरु बजारबाट फिर्ता लिने भएको छ । अमेरिकी सुरक्षा नियामक कार्यालयमा टेस्लाले बुझाएको पत्रअनुसार रियरभ्यु क्यामेरामा समस्या देखिएकाले ठूलो परिमाणमा कार फिर्ता लिनलागेको उल्लेख छ ।
बीबीसीका अनुसार सन् २०१७ –२०२० अवधिमा बनेका मोडल–३ कारहरुमा यस्तो समस्या देखिएको छ । सोही कारण कम्पनीले तीन लाख ५६ हजार तीन सय नौवटा सवारीसाधन फिर्ता गर्ने घोषणा गरेको छ । त्यसैगरी मोडल–एसका एक लाख १९ हजार नौवटा कार पनि अगाडि ट्रंकमा समस्या देखिएकाले फिर्ता गरिने भएको छ ।
यी सबै फिर्ता लिन लागिएका कारहरु गत वर्ष कम्पनीले डेलिभर गरेका पाँच लाख कारकै बराबर रहेको रोयटर्सले जनाएको छ । पछाडि क्यामेरा नहुँदा नदेखिने भएकाले दुर्घटना बढाउनसक्छ ।