काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले शुक्रबार सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को तीनपैनी शाखा, विराटनगर, मोरङ, प्रदेश २ को लाहान शाखा, सिराहा, बागमती प्रदेशको कान्तिपथ शाखा, काठमाडौँ, गण्डकी प्रदेशको न्यूरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको मिलनचोक शाखा, बुटवल, रूपन्देही, कर्णाली प्रदेशको वीरेन्द्रचोक शाखा, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश कार्यालय, चटकपुर, धनगढीमा पुस १६ गते रक्तदान कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
देशभर आयोेजित कार्यक्रममा चार सय १६ रक्तदाताहरूबाट एक सय ८७ लिटर रगतदान गरिएको छ । यसअघि बैंकले महिलालाई आर्थिकरूपमा सशक्त बनाउने उद्देश्यका साथ देशव्यापी मेरी उनीलाई स्वस्थ नारी पहल निःशुल्क महिला स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो । बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा बैंकले डिजिटल बैंकिङसम्बन्धी साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खेलकुद तथा अन्य सामाजिक कार्यक्रमहरूको आयोजना गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक यही पुस १८ गते अर्थात् आज आइतबारदेखि स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गर्दै छ ।