काठमाडौँ । एनएमबी बैँक र हिमालय दृश्य होटेल, धुलिखेलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी एवं ग्राहकहरूले खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् । सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एसोसिएट डाइरेक्टर सेल्स एन्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।
अत्याधुनिक बैंकिङ सुविधा, विद्युतीय भुक्तानी अभिवृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले छुटको लागि सहकार्य गरेको हो । बैंकले आफ्नो सेवाहरू वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ ।
छुटसम्बन्धी थप जानकारी एनएमबी बैंकको वेबसाइटको एनएनबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ । बैंकले हाल देशभरि दुई सय एकवटा शाखा, एक सय ३८ वटा एटीएमहरू, नौवटा एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।