काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ६० दसमलव ४१ अंकले उकालो लागेर २५ सय ८४ दसमलव ९१ बिन्दुुमा चढेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १० दसमलव ७७ अंकले उकालो लागेर चार सय ८२ दसमलव एक बिन्दुुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्र्तगत दुई सय ४० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन । जसबाट ५३ हजार एक सय २२ पटकको कारोवारमा ७१ लाख ६० हजार नौ सय ८३ कित्ता सेयर किनबेच भएका छन । सोही किनबेचका आधारमा आज कुल सेयर कारोवार रकम चार अर्ब १२ करोड ६९ लाख ८० हजार ६७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोवार भएका छन । जसमध्ये सामुहिक लगानी कोष समुहको सुुचक ओरालो लागेको छ भने बाँकी उपसमुहहरुको सुचक उकालो लागेकाछन ।