काठमाडौं । चारवटा संस्थाहरूले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको पहिलो कारोबार दिन आइतबार दुईवटा लघुुवित्त, एउटा फाइनान्स कम्पनी र एउटा वाणिज्य बैंकले सेयर मूल्य समायोजन गरेका हुुन् । जसमध्ये आँधीखोला लघुुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ९० रुपैयाँ ७६ पैसा तोकेको छ । पछिल्लो पटक भने संस्थाको चार सय ६५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो । आरएमडीसी लघुुवित्त वित्तीय संस्थाले पनि २० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य ११ सय ४३ रुपैयाँ ३३ पैसा तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको प्रतिकित्ता १३ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । सेन्ट्रल फाइनान्सले पनि सात दशमलव ७० प्रतिसत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य तीन सय ८२ रुपैैयाँ आठ पैसा तोकेको छ । पछिल्लो पटक उक्त संस्थाको चार सय ५५ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा सेयर कारोबार भएको थियो । यसैगरी सिद्धार्थ बैंकले पनि १४ दशमलव २५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय छ रुपैयाँ १३ पैसा तोकेको छ । पछिल्लो पटक उक्त बैंकको चार सय ६४ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको थियो ।