काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारणसभाको आह्वान गरेको छ । बैंकले यही माघ चार गते आफ्नो केन्द्रीय कार्यालय दरबारमार्गमा विशेष साधारणसभा गर्न लागेको हो । सभाले हिमालयन बैंकसँगको मर्जर प्रक्रिया टुंगोमा पु-याउने, सेयरको स्वाप रेसियो कायम गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।