काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी रकम भुुक्तानी दिएको छ । कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदाबी रकम हस्तान्तरण गरेको हो । बीमित थापाले १० लाख रुपैयाँ बीमांकको बीमा लिएको छ महिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमांकबापतको १० लाख, दुर्घटना सुविधाबापत १० लाख र बोनसबापत ४८ हजार रुपैयाँ थप गरी एकमुष्ट २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो । स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक नरोत्तम ढकालमार्फत कम्पनी सचिव भरत केसी, दाबी विभाग प्रमुख राजु राजचल र दाबी विभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जानकारी दिएको छ ।