काठमाडौँ । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ६० अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुुन ३२ दसमलव तीन अंकले उकालो लागेर २६ सय १६ दसमलव ९४ बिन्दुमा चढेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दसमलव ८६ अंकले उकालो लागेर चार सय ८७ दसमलव ८७ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय ३० वटा कम्पनीहरुको शेयर कारोवार भएका छन । जसबाट ५४ हजार पाँच सय पाँच पटकको कारोवारमा ८२ लाख पाँच हजार ५२ कित्ता शेयर खरिद बिक्री भएका छन । जसबाट आज कुल शेयर कारोवार रकम चार अर्ब ५३ करोड ३० लाख १७ हजार एक सय ७९ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहरुको कारोवार भएकाछन । जसमध्ये उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक भने उकालो लागेका छन ।