काठमाडौँ । सूर्योदय टोल विकास संस्थाको अध्यक्षमा ढलक बहादुर महत चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले महतको अध्यक्षतामा नौ जनाको कार्यसमिति चयन गरेको हो ।
यस्तै संस्थाको उपाध्यक्ष्मा रघुनाथ भण्डारी, सचिवमा विष्णु कुमार गिरी र कोषाध्यक्ष्मा रामबाबु सापकोटा चयन भएका छन् । शनिबार काठमाडौं तारकेश्वर नगरपालिका धर्मस्थली वडा न. ६ स्थित सूर्योदय टोलमा सम्पन्न सभाले आव २०७७/०७८ मा भएको आर्थिक तथा प्रगति प्रतिवेदन पारित र आगामी वर्षको नीति तथा कार्यक्रम पास गरेको छ ।
साधारणसभामा संस्थाका निर्वतमान अध्यक्ष केशवराज रेग्मीले हालसम्म गरेका कार्यहरुको जानकारी गराएका थिए । साथै संस्थाको आगामी योजना तथा प्रतिबद्धताहरुको बारेमा जानकारी समेत गराएका थिए ।
तेस्रो वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन पूर्वरक्षामन्त्री तथा संघीय संसद् भीमसेन दास प्रधानले गरेका थिए ।