काठमडौँ । स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई त्रिपल क्यामेरा सिस्टमसहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ ।
रियलमी सी २५ वाईमा १८ वाट क्विक चार्ज सपोर्ट गर्ने पाँच हजार एमएएच मेगा ब्याट्री, इन्स्टान्ट फिंगरप्रिन्ट सेन्सर भएको शक्तिशाली युनिसोक टी६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ ।
रियलमी सी२५ वाईमा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बीएण्डडब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोनले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०ह६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ ।
यसका साथै, क्यामेरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फंक्सन, एच्.डी. आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ । यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फंक्सन भएको ८ एमपी सेल्फी क्यामेरा पनि छ । कम्पनीले आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ गरेको छ ।
रियलमी सी२५ वाईमा भएको ५००० एमएएच ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्नसक्छ । सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैँ पावर्ड र कनेक्टेड रहन सकिनेछ ।
यसबाहेक रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रिन ब्याट्री अप्टिमाइजेसन र फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध गराउँछ ।
रियलमी सी२५ वाईलाई अक्टा–कोर १२एनएम युनिसोक टी६१० प्रोसेसरले सञ्चालन गर्छ, जुन २.० गिगाहर्जसम्म चल्छ । साथै, २.० गिगाहर्जसम्म चल्ने टु आर्म कोरटेक्स–ए७५ र सिक्स आर्म कोरटेक्स–ए५५ समावेश छ । ८५० मेगाहर्ज गति भएको आर्म माली जी५२ जीपीयूले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।
यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने युनिसोक टी६१० प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ । साथै यसमा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ । २५६ जीबीसम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि यसमा उपलब्ध छ ।
कम्पनीका अनुसारअल्ट्रा –फास्ट फिंगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसनरसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनीयता र सुविधाको संरक्षण गर्दछ । सुन्दरताको हिसाबमा रियलमी सी२५ वाईले पहिलो पटक लाइन एस्थेटिक डिजाइन अपनाएको छ ।
रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ ।