काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले चाबहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ ।
फाइनान्सले आइतबार काठमाडौँ महानगरपालिका वडा न.७, हस्पिटलमार्गमा रहेको चाबहिल शाखा कार्यालय चाबहिलचोकस्थित ‘देव भवन’मा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।
फाइनान्सका सञ्चालक समिति अध्यक्ष खिमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू एवं ग्राहकहरूको उपस्थिति रहेको बताइएको छ ।
कमलादी, काठमाडौँमा प्रधान कार्यालय रहेको फाइनान्सले हाल १४ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ ।
फाइनान्सले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ सेवालगायत अन्य आधुनिक बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको जनाइएको छ ।