काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले १५ वर्ष पार गरी १६औँ वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ ३२ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । बैंकले प्रदेश नं ०१ मा ४ वटा, प्रदेश नं ०२ मा ३ वटा, बागमती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा, लुम्बिनी प्रदेशमा पाँचवटा र सुदूरपश्चिम प्रदेशमा दुईवटा शाखा कार्यालयहरूको औपचारिकरूपमा शाखा उद्घाटन गरेको हो ।
उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुुन् ।
यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालकहरू, पूर्वसञ्चालकहरू, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधिकारीहरू, शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो ।
यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको छ, जसमध्ये, विद्यालयमा स्टेसनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्टबिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ साक्षरताका कार्यक्रम, विद्यार्थीहरूलाई न्यानो कपडा, स्कुल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरूले बृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौँको केन्द्रीय कार्यालय –कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा बृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका हो ।
उक्त कार्यक्रमबाट कुल २०२ पोका रगत संकलन गरेको छ । बैंकले वार्षिकउत्सवको अवसरमा गरेका माथि उल्लिखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरूका लागि कुल १० लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।