नुवाकोट । नुवाकोटको सदरमुकाम एवं ऐतिहासिक बट्टार बजारमा रहेको बट्टार सहकारी संस्था लि.ले आफ्नो २५औँ रजत वर्ष तथा २६औँ साधारणसभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को सहकारीको सेयर पुँजी पाँच करोड १३ लाख २५ हजार चार सय भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारी व्यवस्थापक हरिप्रसाद जोशीले आव २०७८/७९को अनुमानित कार्यक्रम बजेट र आव ०७७/७८को लेखापरीक्षण प्रतिवेदन पेस गरेको सो कार्यक्रममा लेखा संयोजक नवराज न्यौपानेले लेखापरीक्षण प्रतिवेदन र ऋण संयोजक मोहनबहादुर अर्यालले ऋण प्रतिवेदन प्रस्तुत गरेका थिए । बिदुर नगरपालिकाका नगरप्रमुख सञ्जु पण्डितको प्रमुख आतिथ्यमा उक्त सभा सम्पन्न भएको हो ।
सभामा विभिन्न क्षेत्रका व्यक्तिहरूले शुभकामना दिएका थिए । यस्तै संस्थाले ज्येष्ठ सदस्य सम्मानबाट भिमसेन अर्याल, ईन्द्रबहादुर श्रेष्ठ, गोपाल बहादुर आचार्य, गोरेलाल श्रेष्ठ, राजेन्द्र कुमार शर्मा, केदार प्रसाद सेढाई र ईश्वरी श्रेष्ठलाई सम्मान समेत गरेको छ । उनीहरूलाई प्रमुख अतिथि, संस्थाका अध्यक्ष र विशेष अतिथिहरूले दोसल्ला ओढाई सम्मानपत्र र नगद प्रदान गरेका थिए ।
यस्तै संस्थाका पूर्वअध्यक्ष घनश्याम श्रेष्ठ र धर्मभक्त श्रेष्ठ, उपाध्यक्ष सञ्जिव श्रेष्ठ र श्यामसुन्दर श्रेष्ठ, सञ्चालक कृष्ण प्र. श्रेष्ठ र राजकुमार श्रेष्ठ, पूर्वकर्मचारी विशाल जोशी, सहकारी व्यवस्थापक हरिप्रसाद जोशीलाई पनि सम्मान गरिएको थियो ।
संस्थाको जग्गादाता स्व. कृष्णबहादुर अमात्यलाई प्रदान गरिएको मरणोपरान्त सम्मान स्व. अमात्यका भाइले ग्रहण गरेका थिए ।