काठमाडौं । प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनीको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) मा श्रवण रावल नियुक्त भएका छन् । कम्पनीका अनुसार मंगलबार बसेको सञ्चालक समितिको दुई सय २३औँ बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनको कार्यकाल सोही दिनदेखि नै कार्यान्वयनमा आएको र आगामी चार वर्षसम्म कायम रहनेछ । कम्पनीका अनुसार नवनियुक्त प्रमुख कार्यकारी रावल यसअघि पनि सोही कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।
कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ६५ लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा चार करोड सात लाख १० हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी हाल एक अर्ब १० करोड ८५ लाख ४७ हजार रुपैयाँ रहेको छ ।