काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङको मलेखुमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । बैंकका अनुसार उक्त शाखा कार्यालयको समुद्घाटन मंगलबार सानिमा बैंकका सञ्चालक बलराम पराजुली र ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रूपमा गरेका हुुन् ।
समुद्घाटन समारोहमा मह जोडीले धादिङको मलेखुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका छन् ।
त्यसैगरी सानिमा बैंकका सञ्चालक बलराम पराजुलीद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । बैंकको देशका सातै प्रदेशमा एक सय १९ वटा शाखा कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।