काठमाडौं । रिलायन्स फाइनान्स र सिभिल बैंक लिमिटेडले सेयर मूल्य समायोजन गरेका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार साताको तेस्रो कारोबार दिन मंगलबार रिलायन्स फाइनान्सले १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य चार सय ५२ रुपैयाँ १६ पैसा तोकेको हो । यसअघि उक्त फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच सय २० रुपैयाँ रहेको थियो । यसैगरी सिभिल बैंकले पनि सोही दिन पाँच प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य दुई सय ४५ रुपैयाँ ७१ पैसा तोकेको छ । पछिल्लो पटक उक्त बैंकको प्रतिकित्ता सेयर मूल्य दुई सय ५८ रुपैयाँ रहेको थियो ।