काठमाडौ । शेयर बजार परिसुुचक ओरालो लागेको छ । अघिल्लो दिन ६३ दसमलव एक अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन बुधबार ३० दसमलव ७५ अंकले ओरालो लागेर २६ सय ४९ दसमलव २० बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ६८ अंकले ओरालो लागेर चार सय ९७ दसमलव तीन बिन्दुमा झरेको छ । आज १३ वटा समुहहरुको दुुई सय ३६ पटकको कारोवारमा ५८ हजार पाँच सय ७२ पटक सेयर कारोवार भएकाछन ।
जसबाट ९५ लाख ५९ हजार चार सय २९ कित्ता शेयर खरिदबिक्री भएकाछन । सोही आधारमा यसदिन कुुल कारोवार रकम चार अर्ब ६२ करोड १५ लाख ९८ हजार पाँच सय ८३ रुपैयाँ पुुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये जलबिद्युत र फाईनान्स उपसमुहहरुको सुचक उकालो लागेर बाँकी ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेकाछन ।