भारत । अमेरिकामा बस्दै आएका एक भारतीय दाजुबहिनीले १२ वर्षअघि खाएको २५ रुपैयाँ बदामको उधारो अहिले बल्ल तिरेका छन् । नेमानी प्रणव र सुचिता नामका यी दाजुबहिनीले १२ वर्षपछि उक्त बदामको उधारो तिरेका हुन् ।
सन् २०१० को एक दिन नेमानी र उनकी बहिनी सुचिता आफ्ना बुबाका साथ आन्द्र प्रदेशको यू कोथापल्ली बिचमा घुम्न गएका थिए । जहाँ उनीहरुले सत्तैया नामका बदाम बिक्रेतासँग बदाम किने तर उनीहरुले पैसा लैजान भुलेकाले दिन पाएनन् ।
सत्तैयाले पनि लिने पैसा नभएपछि त्यति जोड गरेनन्। सित्तैमा बदाम दिए। तर मोहनले भने चाँडै उनलाई पैसा तिर्ने आश्वासन दिएका थिए । तर लामो समय तिर्न पाएनन् । अमेरिकामै बस्ने गरेका उनी केही दिनपछि उतै फर्किए ।
उक्त घटनाको ११ वर्षपछि उनी पुनः नेमानी आफ्नी बहिनीका साथ भारत आए । उनले उक्त उधारो बदाम भुल्न सकेका थिएनन्। त्यसको पैसा तिर्न उत्सुक भए । तर सत्तैयालाई कसरी भेट्ने समस्या भयो ।
उनले काकीनाडा सहरका सांसद चन्द्रशेखर रेड्डीको मद्दत मागे । त्यसपछि सत्तैया पत्ता लगाउन चन्द्रशेखरले फेसबुकमा पोस्ट गरे । त्यसपछि उनको गाउँ नगुलापल्लीका केही मानिसले चन्द्रशेखरका पीएलाई भेटेर उनको मृत्यु भइसकेको जानकारी दिए ।
सत्तैयाको मृत्यु भए पनि यी दाजुबहिनीले उनको परिवारलाई भेटे र २५ हजार रुपैयाँ दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।