काठमाडौँ । एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप, आईसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ एनसेलमा निःशुल्क चलाउन सकिने भएको छ ।
डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एसियाले डिजिटल बैंकिङको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ मोबाइल बैंकिङ एप, आईसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको हो ।
यो सुविधामार्फत बैंकका ग्राहकहरूले एनसेलको डाटा प्रयोग गरी मोबाइल बैंकिङ एप, आईसर्भ, वेभसाईट र इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्नेछन् । यो निःशुल्क सुविधाको प्रयोग गरी यस बैंकका ग्राहकहरूले निम्नलिखित विभिन्न सेवाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।
एनआईसी एसिया मो बैंक एपबाट अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटीएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाइ तथा प्रोग्रेस ट्रयाकिङ आदिजस्ता थुप्रै सुविधाहरू सहजरूपले निःशुल्क लिन सक्नेछन् ।
साथै, एनआईसी एसिया मो. बैंकमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक सेयर (आईपीओ)मा आवेदन दिन सकिनेछ । एनआईसी एसिया बैंक मो बैंक प्रयोगकर्ताले कार्डविनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधाको प्रयोग गर्न सक्नेछन् र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकहरूले आफ्ना समस्या यथाशीघ्र समाधान तथा उनीहरूको जिज्ञासालाई यथोचित सम्बोधन प्राप्त गर्न सक्नेछन् ।
यसैगरी आईसर्भमार्फत मोबाइल बैंकिङ सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट), ग्राहकसम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो सेयर तथा सीआरएन आवेदन, बचत योजना परिवर्तन र स्टक चेक पेमेन्ट, टेलर सेवाहरू (नगद तथा चेक डिपोजिट भौचर भर्ने) र कार्डसम्बन्धी सेवाहरू (ई–कमर्स दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेसमेन्ट आवेदन र इस्टा बाई ग्राहकहरूले सरल तरिकाले लिन सक्नेछन् ।
वेबसाइटबाट ग्राहकहरूले यस बैंकबारे अधिकतम जानकारीहरू लिन सक्नेछन् । जसमा अनलाइन खाता आवेदन, अनलाइन आईपीओ आवेदन, लोन बेनिफिट क्याल्कुलेटरलगायत बैंकका अन्य सेवा सुविधाको जानकारीको साथै बैंकका पछिल्ला योजनाहरू, सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे यथेष्ट जानकारी प्राप्त गर्न सकिनेछ ।
इन्टरनेट बैंकिङमार्फत भने अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउन्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानीलगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ । बृहत् भौतिक शाखा सञ्जालका साथै आधुनिक डिजिटल च्यानलहरूमार्फत सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंकिङको नाता स्थापित गर्न सफल बैंकले ग्राहकहरूको सुविधा एवं डिजिटल बैंकिङमा ग्राहकहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरूप ल्याएको यो निःशुल्क मोबाइल बैंकिङ एप, आईसर्भ, वेबसाइट र इन्टरनेट बैंकिङ एनसेल प्रयोग सुविधा एनसेलका ग्राहकहरूलाई उपलब्ध हुनेछ ।
बैंकले ल्याएको यस नवीन सुविधाले धेरैभन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङको प्रवद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरूप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिकरूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङको अभ्यासलाई आईसर्भमार्फत अघि बढाइरहेको छ ।
साथै, बैंकले भौतिक रूपमा प्रवाह गरिरहेको ग्राहक सेवाहरू डिजिटल रूपमा उपभोग गर्न मिल्ने हिसाबले आईसर्भ प्लाटफर्मको विकास गरी एनआईसी एसिया मो. बैंक तथा बैंकको वेबसाइटबाट उक्त सेवाहरू अनलाईनमार्फत लिन सकिने सुविधा प्रदान गरेको छ ।