काठमाडौं । एनआईबीएल समृृद्धि फन्ड–१ परिपक्व भएको छ । विसं २०७१ साल पुस २३ गतेदेखि सञ्चालनमा आएको एनआईबीएल सामूहिक लगानी कोषअन्तर्गत एनआईबीएल समृद्धि फन्ड–१ यही पुस २२ गते परिपक्व हुन लागेको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लि. कोष प्रवद्र्धक रहेको र एनआईबीएल एस क्यापिटल योजना लि. व्यवस्थापक रहेको यस फन्डले सात वर्ष पहिले १० रुपैयाँ अंकित दरका १० करोड एकाइको एक अर्ब रुपैयाँबराबर फन्ड निष्काशन गरेको थियो ।
यस योजनाले सात वर्षको अवधिमा एकाइधनीलाई ९८ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको थियो भने दोस्रो बजारमा अधिकतम प्रतिएकाइ १७ रुपैयाँ ७१ पैसासम्म कारोबार भएको थियो ।
एनआईबीएल सामूहिक लगानी कोषअन्तगर्तको एनआईबीएल समृद्धि फन्ड–१ पहिलो बन्दमुखी योजना रहेको थियो । साथै, योजना परिपक्व हुन लागेसँगै क्यापिटलले अर्को नयाँ स्किम ल्याउने तयारीमा जुटेको छ ।