काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बीओके रेमिट बचत खाता तथा मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो विदेशमा रहेका नेपालीलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्यले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै बीओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको जानकारी दिएको छ ।
श्रम विदेशमा प्रतिफल स्वदेशमा भन्ने मूल नाराका साथ विदेशमा श्रम गरिरहेका नेपालीहरूलाई उच्चतम ब्याजदरको व्यवस्थासहित बैंकले उक्त बचत खाता तथा मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
विदेशमा बसी श्रम गरिरहेका र भएकाहरूले उक्त बचत तथा मुद्दती खाता यस बैंकमा खोल्न सक्नेछन् । यस मुद्दती खाता खोल्दा ग्राहकहरूले ११ दशमलव पाँच वार्षिक ब्याजदर पाउनेछन् ।
साथै, बीओके रेमिट बचत खातामा उच्चतम ब्याजदरको प्रतिफलसहित मोबाइल बैंकिङ शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य आकर्षक विशेषताहरूको उपयोग गर्न सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्दती खाताले विदेशमा श्रम गरी आर्जन गरेको रकमको उच्चतम प्रतिफलका साथै सहज बैंकिङको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
बैंकले हाल ९२ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।