काठमाडौँ । यस साता सेयर बजार परिचक दुई हजार छ सय ९२ दशमलव ४७ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच सय छ दशमलव १६ बिन्दुुमा पुुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुुई सय ४० वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ६९ हजार सात सय ३८ पटकको कारोबारमा चार करोड १३ लाख ७२ हजार पाँच सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २१ अर्ब २७ करोड ८७ लाख १२ हजार छ रुपैयाँ पुुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय ३८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार दुई लाख १४ हजार तीन सय ५१ पटकको कारोबारमा तीन करोड तीन लाख ६१ हजार दुई सय ४४ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम १७ अर्ब ५२ करोड ९६ लाख ९६ हजार ९८ रुपैयाँ पुुगेको थियो ।
यस सात नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये चौथो दिन सेयर बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा लगातार बजार परिसूचक उकालो लागेको थियो । जसअनुसार पहिलो दिन पनि बजार परिसूचक ६० दशमलव ४१ अंकले उकालो लागेर दुुई हजार पाँच सय ८४ दशमलव ९१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ७७ अंंकले उकालो लागेर चार सय ८२ दशमलव एक बिन्दुमा चढेको थियो ।
दोस्रो दिन भने बजार परिसूचक ३२ दशमलव तीन अंकले उकालो लागेर दुुई हजार छ सय १६ दशमलव ९४ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ८६ अंंकले उकालो लागेर चार सय ८७ दशमलव ८७ बिन्दुमा चढेको थियो । तेस्र्रो दिन पनि बजार परिसूचक ६३ दशमलव एक अंकले उकालो लागेर दुुई हजार छ सय ७९ दशमलव ९५ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १५ दशमलव ८५ अंंकले उकालो लागेर पाँच सय तीन दशमलव ७२ बिन्दुमा चढेको थियो ।
चौथो दिन भने बजार परिसूचक ३० दशमलव ७७ अंकले ओरालो लागेर दुुई हजार छ सय ४९ दशमलव १८ बिन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६८ अंंकले ओरालो लागेर चार सय ९७ दशमलव तीन बिन्दुमा झरेको थियो । पाँचौँ दिन भने बजार परिसूचक ४३ दशमलव २९ अंकले उकालो लागेर दुुई हजार छ सय ९२ दशमलव ४७ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि नौ दशमलव १६ अंंकले उकालो लागेर पाँच सय छ दशमलव १६ बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नबिल, बैंक, नेपाल बंगलादेश बैंक आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा नबिल बैंक, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, नबिल बैंक, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।