काठमाडौं। कामना सेवा विकास बैंकले मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको छ । बैंकले नेपालमै पहिलो पटक मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही शनिबार वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कँडेल र बैंकका गण्डकी प्रदेश प्रमुख केदारनाथ शर्माबाट संयुक्तरूपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ सेवा समुद्घाटन गरेको बैंकले जानकारी पदएको छ ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरू, स्थानीय व्यक्तिहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।