काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस २६ अर्थात् आज सोमबार पुनः १६ अर्ब रुपैयाँबराबरकोट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही पुस १९ गते पनि राष्ट्र बैंकले नौ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति पुस २७ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ माघ २५ गते, २०७८ चैत २९ गते र २०७९ असार २८ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार आज बिक्री हुने सबै ट्रेजरीहरु पुरानो नवीकरण अन्तर्गतका छन् ।