काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीओ)मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । कम्पनीका अनुसार यही पुस २५ गते आइतबारबाट पराजुलीले सिनियर डीसीओको कार्यभार सम्हालेका हुुन् । पराजुलीले आफ्ना विगतका अनुभवहरूलाई आधार मानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रूपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखी कम्पनीलाई हरेक क्षेत्रमा अब्बल साबित गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्योभन्दा बढी चुनौतीको रूपमा लिएको बताए । ‘अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सूचकांकमा अझ बलियो साबित गर्नुपर्ने चुनौती रहेको छ’, नवनियुक्त सिनियर डीसीओ पराजुलीले भने । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका थिए ।