काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द शुुसी बार मल्टी कुजाईनबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापश्चात् ग्राहकहरूले शुसी बारमा उपलब्ध हुने सम्पूर्ण सेवाहरूमा एकमुस्ट १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
शुसी बारले काठमाडौँस्थित छायाँ सेन्टर, ठमेलबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकले ९४ शाखा कार्यालयहरू, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।