काठमाडौं । हिमालयन बैंक लिमिटेडले संकटा क्लबलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन न्यूरोडस्थित संकटा क्लबलाई १० लाख रुपैयाँ प्रदान गरी प्रायोजन गरेको हो ।
बैंकले सो रकम खेलाडीहरूको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मदतस्वरूप प्रदान गरेको हो । बैंकले विगतदेखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरूको विकास र प्रवर्द्धनमा योगदान गर्दै आएको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका महासचिव रमेशध्वज बस्नेतलाई हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा महाप्रबन्धक अनुप मास्केलगायत अन्य वरिष्ठ पदाधिकारीहरूसहित संकटा क्लबका अध्यक्ष इनद्रमान तुलाधरलगायत अन्य प्रतिनिधिहरूको उपस्थिति रहेका थियो ।