काठमाडौं । बैैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मीनभवनका अनुसार बैैंकिङ कसुर मुद्दामा भागेका प्रेम बहादुर गुरुङलाई काठमाडौंको चक्रपथबाट पक्राउ गरिएको हो । महाशाखाका अनुसार बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०७५ माघ २९ गतेको फैसलाले १० लाख रुपैयाँ जरिवाना र पाँच दिन कैदको फैसला सुनाएको थियो । अदालतको उक्त आदेशलगत्तै फरार भएका लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३५ घर भई हाल काठमाडौंको बाँसबारी बस्दै आएका ५२ वर्षीय गुरुङलाई मंगलबार पक्राउ गरिएको हो । पक्राउपश्चात् गुरुङलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले जानकारी दिएको छ ।