काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका १२, थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ ।
नयाँ शाखा कार्यालयको महिला सञ्चालक लक्ष्मी श्रेष्ठ र पूर्वसञ्चालक मिलन थापाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरू एवं ग्राहकहरूको उपस्थिति रहेको थियो । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालयमार्फत बित्तीय सेवा दिँदै आएको छ ।
फाइनान्सवाट डिजिटल बैंकिङ सेवालगायत सबै प्रकारका बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको बताइएको छ । नयाँ सेवाअन्तर्गत हालै अनलाइन खाता खोल्ने सुविधा सञ्चालनमा ल्याएको छ । जसबाट देशविदेशमा रहेका नेपालीहरूले अनलाइन खाता खोल्न सक्नेछन् ।