काठमाडौँ । माछापुछ्रे बैंकले महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट सहयोग गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुछ्रे बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका हुुन् ।
बैंकका अनुसार कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गा प्रसाद खनालको पनि उपस्थिति रहेको थियो । बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६३ वटा शाखाहरू र एक सय ५७ वटा शाखारहित बैंकिङ सेवा, छवटा एक्सटेन्सन काउन्टर समेत गरी जम्मा तीन सय २६ स्थानबाट १० लाखभन्दा बढी ग्राहकहरूमा वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकको देशभर दुई सयवटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् ।