काठमाडौं । शेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४९ अंकले उकालो लागेको शेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार ३० दशमलव ५१ अंकले ओरालो लागेर २८ सय तीन दशमलव ६२ बिन्दुमा झरेको छ ।
‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव चार अंकले ओरालो लागेर पाँच सय २१ दशमलव ८३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अनतर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन ।
जसबाट ९० हजार पाँच सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४७ हजार तीन सय ९० कित्ता शेयर खरिद बिक्री भएका छन । सोही आधारमा आज शेयर कारोवार रकम आठ अर्ब तीन करोड ३२ लाख १२ हजार सात सय ४२ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेका छन भने बाँकी १० वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन ।