काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्थाले साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही माघ छ गते आफ्नो आठौँ वार्षिक साधारणसभा गर्न लागेको हो । साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार पाँच सय ५२ रुपैयाँमध्येबाट शून्य दशमलव पाँच प्रतिशतको अनुपातमा नगद लाभांश र ४० प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार नौ सय ७३ रुपैयाँ पुग्नेछ ।