वासिङटन । अमेरिकामा महंगी उच्च दरले बढेको छ । बीबीसीका अनुसार डिसेम्बर महिनामा मुद्रास्फीति दर सात प्रतिशत नाघेको छ । यो ४० वर्षयताकै द्रुतगतिको दर हो । कारजस्ता वस्तुको माग बढ्दा मूल्यसमेत बढ्न पुगेको छ । यसले नीतिनिर्मातालाई कदम चाल्न दबाब परेको छ । यसैबीच, अमेरिकी केन्द्रीय बैंकले यो वर्ष ब्याजदर बढाउने आशा गरिएको छ । बरोइङ कस्ट अर्थात् सापटी लागतवृद्धिले माग घटाउन सहयोग मिल्नेछ  ।