काठमाडौं । हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्रीवितरण सुरु भएको छ । विगत १७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो । एक किलो, पाँच किलो र १० किलोको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रबन्धक तारामान धामीले जानकारी दिए ।
गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए । भारतलगायत खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा कम्पनी विश्वस्त छ । हरपलले वर्षेनी नयाँ–नयाँ ब्राण्डहरु थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको हो । उपभोक्ताहरुको रुचि र आवश्यकतालाई मध्यनजर गरी अंग्रेजी नयाँ वर्ष २०२२ देखि गुलाब बासमती चामल उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ ।
भारतमा २४ वटै प्रान्तमा यो चामल निकै लोकप्रिय रहेको उनले जानकारी दिए । त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० किलोको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० किलो, पाँच किलो र एक किलोको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस एक किलोको प्याकमा बजारमा बिक्रीवितरण गरिरहेको छ । त्यसैगरी कम्पनीले हरपल रिच राइस २० किलो र पाँच किलोको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० किलो र पाँच किलोको प्याकमा उपलब्ध छ ।
हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र पाँच किलोमा उपलब्ध छ । दीपम सोनम जिरा मसिनो चामल २५ किलोमा उपलब्ध छ । शुभमालिका ब्राण्डको चामल पनि नेपाली बजारमा प्रालिले बिक्रीवितरण गरिरहेको छ । यो चामल २५ किलोको प्याकमा उपलब्ध छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यसैगरी वर्षेनी हरपल फुड्स प्रालिले आम उपभोक्ताहरुको आवश्यकता र रुचिलाई मध्यनजर गरेर नयाँ नयाँ ब्राण्डहरु नेपालीहरुको बीचमा ल्याइरहेको धामीले जानकारी दिए ।
साथै वर्तमान अवस्थामा नेपालको आर्थिक अवस्थालाई मध्यनजर गरेर आम उपभोक्ताको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै होटल, होस्टेल, रेष्टुरेन्ट, थकाली भान्छाघर र क्याटरिङलाई ध्यान दिएर गुणस्तरयुक्त सहुलियत मूल्यमा गुलाब बासमती चामललाई नेपाली बजारमा ल्याइएको धामीले जानकारी दिए ।