काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्रान्ड एम्बेसेडर)मा व्यक्तित्वद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकालदेखि नै ब्रान्ड एम्बेसेडरको रूपमा महजोडी सिटिजन लाइफसँग आबद्ध थिए ।
सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल साथै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हस्ताक्षर रहेको छ । यस सम्झौतापछि ब्रान्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरूको प्रचारात्मक कार्य, ब्रान्ड प्रवद्र्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरूमा निरन्तरता दिनेछन् ।
हस्ताक्षर समारोहमा कलाकारद्वय श्रेष्ठ र आचार्यले नेपालीहरूको जीवन बीमा गराएर उनीहरूको जीवन सुनिश्चित गरी पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु-याउन रनवीनतम योजनाहरू ल्याउन सदैव अग्रणीे सिटिजन लाइफ इन्स्योरेन्सजस्तो संस्थाको ब्रान्ड एम्बेसेडर हुन पाएकोमा आफूहरूले गौरवान्वित महसुस गरिरहेको बताउँदै जीवन बीमा सेवालाई हरेक नेपालीको पहुँचमा पु-याई सबैभन्दा विश्वासिलोे र ग्राहकवर्गको पहिलो रोजाइको जीवन बीमा कम्पनी बन्ने उद्देश्यमा सधैँ साथ दिने प्रतिबद्धता जनाए ।
यसै क्रममा व्यावसायिक करोबार सुरुवात गरेको छोटो समयमा नै देशभर स्थापना गरिएका एक सय ४० भन्दा बढी शाखा र उपशाखा कार्यालयहरूमार्फत आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गरिरहेकामा सिटिजन लाइफलाई बधाई दिए साथै देशभरि रहेका सिटिजन लिडरहरूले बीमा दूतको रूपमा समाजमा पु-याएको योगदानको कदर गर्दै उनीहरू सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।