काठमाडौं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करीमा संलग्नता रहेको खुलेको छ । कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा २०७४ पुस ७ गते उनी सुनसहित पक्राउ परेको थाहा भएको छ । नेपाल पर्यटन बोर्डले गरेको छानबिनमा कतार एयरलाइन्सको उडान नम्बर क्यूआर ७३० बाट नेपाल आउँदा बिस्कुट आकारको तीन थान सुन ल्याउँदा त्यसमा ३० ग्राम अवैध सुन फेला परेपछि त्यसबेला उनी पक्राउ परेको थाहा भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेकोमा अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गरेको थियो । उनलाई सोही मुद्दामा कसुर ठहरिएपछि सुन जफतसहित एक लाख ४० हजार छ सय ८५ रुपैयाँ जरिवाना गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ । विभिन्न विवादमा मुछिएका पर्यटन बोर्डका (सीईओ) रेग्मीलाई पर्यटनमन्त्री प्रेम आलेले (सीईओ)बाट हटाए पनि सर्वोच्च अदालतले उनलाई थमौती दिएको थियो ।