काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ३८ अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार भने ३३ दसमलव तीन अंकले उकालो लागेर २९ सय ३१ दसमलव ३४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव नौ अंकले उकालो लागेर पाँच सय ४३ दसमलव ७४ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट ७५ हजार पाँच सय ८२ पटकको कारोवारमा एक करोड ५९ लाख ८९ हजार सात सय ४४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम पाँच अर्ब ७७ करोड ३१ लाख २० हजार चार सय नौ रुपैयाँ १८ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये बाणिज्य बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँकी ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।