काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष एवम् नेपालका चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ ।

पछिल्लो समय उनी कोरोनासँग लडिरहेका थिए । भाषासेवी, समाजसेवी तथा पूर्वसांसद समेत रहेका उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । अस्पताल लगेको केही समयमा नै उनको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो ।