काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २६ करोड १८ लाख २२ हजार चार सय ७२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १६ करोड ४८ लाख पाँच हजार एक सय ५१ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुुँजी तीन अर्ब एक करोड छ लाख ६९ हजार छ सय ६२ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासमा ४५ अर्ब ९२ करोड ५४ लाख ९९ हजार नौ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड पाँच लाख ७० हजार सात सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७९ करोड ५८ लाख ८३ हजार छ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने १८ करोड चार लाख २६ हजार आठ सय ५९ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ४१ अर्ब ७९ करोड ७३ लाख ५० हाजार रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब चार करोड ४५७ लाख ४८ हजार चार सय ५९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ५४ करोड २१ लाख २३ हजार तीन सय ९४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९० प्रतिशत रहेको थियो ।