काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले १३औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही माघ २१ गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब एक करोड सात लाख ६० हजार २७ रुपैयाँमध्येबाट २५ प्रतिशतको अनुपातमा ५० करोड २६ लाख ९० हजार एक सय ८१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसका अतिरिक्त कम्पनीको बोनस सेयरको कर प्रयोजनार्थ हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट दुई प्रतिशत अर्थात् चार करोड दुई लाख १५ हजार दुई सय १४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।