काठमाडौं । एनआईसी एसिया क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत कोभिड भ्याक्सिनको डबल डोज लगाइसकेका नेपाली नागरिकहरूलाई यही माघ ७ गतेदेखि २०७८ साल फागुन मसान्तसम्म निःशुल्क रूपमा लगानी व्यवस्थापन सेवा दिने घोषणा गरेको छ । विशेषगरी यो योजना कोभिड भ्याक्सिनको डबल डोज लगाई स्वास्थ सतर्कता अपनाएका तथा डबल डोज लगाउन प्रेरित गर्ने मुख्य उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो ।
यो योजनाअन्तर्गत लगानीकर्ताहरूलाई लगानी व्यवस्थापन सेवा लिँदा पहिलो वर्ष निःशुल्क रूपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र लगानीसम्बन्धी निणर्य लिने व्यहोरा समेत जानकारी गराइन्छ । पछिल्लो समयमा पुनः कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दो क्रममा रहेकाले घरमै सुरक्षित रूपमा बसी अनलाइनमार्फत सहजै लगानी व्यवस्थापन सेवा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।