काठमाडौ । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन १० अंकले ओरालो लागेको शेयर बजार परिसुचक साताको दोस्रो कारोवार दिन आज सोमबार पुन एक सय दसमलव १० अंकले ओरालो लागेर २८ सय २० दसमलव ४१ बिन्दुमा खुम्चिएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १८ दसमलव दुई अंकले ओरालो लागेर पाँच सय २५ दसमलव ९० बिन्दुुमा खुम्चिएको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको शेयर कारोवार भएका छन् । जसबाट एक लाख १३ हजार दुई सय पाँच पटकको कारोवारमा एक करोड ७० लाख ६३ हजार आठ सय ३३ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट अन्तर्गत आज कुल कारोवार रकम आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर शेयर बजार परिसुचक पुरै रातो भएको छ ।