काठमाडौं, माघ २३
होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले हेटौंडामा नयाँ शोरुम सञ्चालन गरेको छ । कम्पनीले बुधबार हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप टाइम्स अटोहब प्रालिको उद्घाटन गरेको हो । उक्त शोरुमको मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइम्स अटोहब प्रतिबद्ध रहेको जनाएको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९ दशमलव ९९ प्रतिशतको ब्याजदरमा सरल र सहज हिसाबले ‘सोही दिन कर्जा सुविधा’ समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी दिए ।